सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि अनलाइनबाट श्रम पुनः स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ। विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य शुक्रबारदेखि खुला हुने जानकारी दिएको हो।

बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउनेछन्। विभागका अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नवीकरण गर्न पाउने छन्।

यस्तै, श्रमिकले आफ्नो श्रम नवीकरणको स्टिकर आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ। श्रम स्वीकृति लिन चाहने वैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।

कोषको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने र अनलाइन भुक्तानी गर्दा थप रकम नलाग्ने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार ०८:४९