काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै विश्वभर संक्रमितको संख्या ८ आठ करोड ३७ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।
यस्तै २४ घण्टामा १३ हजार बढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख २४ हजार नाघेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ करोड ४ लाखमा कोरोना पुष्टि हुँदा ३ लाख ५३ हजारको मृत्यु भएको छ । त्यहाँ २४ घण्टामा मात्रै २ लाख बढी संक्रमित थपिँदा ३ हजार बढीको मृत्यु भएको छ ।
यस्तै १ करोड २ लाखमा संक्रमण पुष्टि भएको भारतमा १ लाख ४९ हजारले ज्यान गुमाएका छन् । त्यसैगरी ब्राजिलमा ७६ लाखमा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ९४ हजारको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । जसमध्ये २ लाख ५२ हजार ३५९ जनाले कोरोना जितेका छन् ।
नेपालमा कोरोनाले १८ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५३४ नयाँ संक्रमित थपिँदा ४४७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
सत्यपाटी ।