सूचनाको शक्ति - The Power Of Information

        

बृहत कार्यकर्ता भेला

नेकपाको ओली पक्षले काठमाडौंमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने

ओलीसँगै उद्योगमन्त्री लेखराज भट्टको सम्बोधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले काठमाडौंमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको छ ।

भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।

यसअघि ओली पक्षले बुधबार कार्की ब्याङ्क्वेटमा सुदूरपश्चिमका अगुवा नेता कार्यकर्ताहरूको भेला गरेको थियो । भेलामा प्रधानमन्त्री ओलीसँगै उद्योगमन्त्री लेखराज भट्टले सम्बोधन गर्नुर्भएको थियो ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले पछिल्लो समय कार्यकर्ता भेलालाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:५८