सूचनाको शक्ति - The Power Of Information

        

इंग्लीश प्रिमियर लिगमा लिभरपुल रोकियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ ।

गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

यो बराबरीका बाबजुद लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा यथावत छ ।

१६ खेलबाट उसको ३३ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

म्यान्चेस्टर युनाईटेडले भोलि राती एस्टन भिल्लासँग खेल्नेछ ।

प्रिमियर लिग फुटबलमा गएरातिका लागि तय भएको टोटनह्याम हट्सपर र फुल्हमबीचको खेल कोभिडका कारण पछि सारिएको छ ।

फुल्हमका केही खेलाडीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि खेल रद्द गरिएको हो ।

यसअघि हिजो म्यान्चेस्टर सिटी र एभर्टनबीचको खेल पनि कोभिडकै कारण रोकिएको थियो ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:२१