सूचनाको शक्ति - The Power Of Information

        

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

फाइल तस्वीर

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्क गर्न बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १०:३९