बाँके । भेरी अस्पताल, नेपालगञ्जमा ५ मिनेटको फरकमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार अस्पतालमा बाँके र बर्दियाका एक–एक जनाको मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेजमा लगिएका ७३ वर्षीय पुरुषलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।
कोहलपुरमै उपचार गराइरहेका बृद्धलाई मंसिर १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । भेरीमै उनको मृत्यु भयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको हो । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ ।
सत्यपाटी ।