सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजको मौसम : बिहानैदेखि बदली, वर्षा र हिमपातको सम्भावना ?

तराई क्षेत्रमा विहानैदेखि बाक्लो हुस्सु

काठमाडौं । केही दिनदेखि खुला रहेको मौसम बिहानैदेखि बदली भएको छ । बुधबार बिहान प्रदेश १, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी बायुको प्रभावको कारण मौसम बदली भएको महाशाखाकी मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो । कमजोर प्रणाली भएका कारण वर्षा र हिमपातको भने संभावना नभएको उहाँको भनाइ छ । तराई क्षेत्रमा विहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि बदली भएको छ । उपत्यकाको न्यूनतम तापक्रम बिहान २ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ०८:५३