सूचनाको शक्ति - The Power Of Information

        

एक सय दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गर्नुभएको छ । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाउनुभएको छ ।

बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गर्नुभयो । उहाँले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको टिप्पणी गर्नुभयो ।

बाइडेनले आगामी जनवरी २० मा पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गर्नुभएको छ । आफ्नो घोषणा अनुसार काम गर्न हालको प्रशासन इच्छुक नरहेको बाइडेनको आरोप छ ।

उहाँले आफ्नो लक्ष्य पूरा गर्न हाल उपलब् गराइएको खोपको मात्रालाई पाँच गुणाले वृद्धि गर्नुपर्ने दावी गर्नुुभयो ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ०८:४८