सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार सम्मेलन

गगन थापाद्वारा प्रधानमन्त्री ओलीलाई कायरको संज्ञा, राजीनामा नदिएकामा आपत्ति

संविधानमाथि जालझेल र अपव्याख्या गरेको आरोप

बाँके । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कायरको संज्ञा दिनुभएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएकामा पनि उहाँले आपत्ति जनाउनुभयो ।

नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेता थापाले प्रधानमन्त्री ओली संसदको सामना गर्न नसकेर कायरझैं भागेको आरोप लगाउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालझेल र अपव्याख्या गरेको आरोप पनि थापाले लगाउनुभयो ।

संसदमा आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न नसक्ने भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरिदिएको भन्दै थापाले भन्नुभयो, ‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ । संसद फेस गर्न नसक्ने ? अविश्वास फेस गर्न नसक्ने ?’

संसद असंवैधानिक ढंगले भंग गरिएकाले सर्वोच्च अदालतले न्याय दिनुपर्ने भन्दै विवेकको हत्या नगर्न आग्रह गर्दै उहाँले न्यायाधीहरुसँग भन्नुभयो, ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस् । संविधानमा लेखेको कुरा मात्रै अदालतले हेरे पुग्छ ।’

ओलीले गरेको संसद विघटनलाई मान्यता दिइएमा भोलि जुनकुनै प्रधानमन्त्रीले त्यही नजीरमा टेकेर संसद भंग गर्ने चिन्ता उहाँको थियो ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १५:०६