सूचनाको शक्ति - The Power Of Information

        

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आगामि संस्करण अर्को वर्ष कार्तिक २८ गतेदेखि बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको हिजो सम्पन्न कार्यसमितीको भर्चुअल बैठकले सन् २०२१ मा हुने साफ च्याम्पियनसिपको मिति तोकेको हो ।

कोरोना महामारीका कारण यो वर्ष स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष कार्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्न लागिएको हो । बैठकले अर्को वर्ष हुने एसियन कप छनोटका साथै युथ प्रतियोगिताहरुको मिति पनि तय गरेको छ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता दक्षिण एशीयाका ७ देशहरुबीचको सर्वोच्च प्रतियोगिता हो ।

यसको सर्वाधिक सफल टोली भारतले ७ पटक उपाधि जितेको छ । यसैगरी साविक विजेता माल्दिभ्सले दुई पटक तथा बंगलादेश, अफ्गानिस्तान र श्रीलंकाले एक एक पटक उपाधि जितेको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १२:१२