सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा कोरोना नियन्त्रण बाहिर, एकैदिन ३ सय ५७ को मृत्यु

काठमाडौं । बेलायत कोरोना भाइरसको नयाँ स्वरुप देखा परेको छ । अस्पताल भर्ना भएका कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा बढेपछि संकटको अवस्था सृजना भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

बेलायमा हालसम्म २३ लाख २९ हजार ७ सय भन्दा बढी संक्रमित छन् भने ७१ हजार १ सय जनाको मृत्यु भइसकेको छ । हिजो एकैदिन ३ सय ५७ जनाको मृत्यु भएको छ । कोरोना महामारीकाबीच कडा प्रतिबन्ध लागू गरिएको छ ।

‘स्टे होम’ को आदेश जारी गरिएको प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ । बेलायतमा अहिले फाइजर–बायोएटेकको कोरना विरुद्धको भ्याक्सिन वितरण भइरहेको छ । हालसम्म झन्डै सात लाख मानिसले उक्त भ्याक्सिनको पहिलो डोज लिइसकेका छन् ।

यसैगरी बेलायतकै अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित अक्सफोर्ड एष्ट्राजेनीकाको खोप पनि केहि दिन भित्रै अनुमोदन हुँदैछ ।

उक्त खोप अनुमोदन हुनुअघि नै आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड र एस्ट्राजेनेका तथा फाइजर (बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने सरकारले घोषणा गरिसकेको छ । एजेन्सी

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:१९