काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीको खराब लय जारी छ ।
गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको छ । पछिल्लो समय सोचे अनुसारको प्रदर्शन गर्न नसकेको चेल्सीले ५ खेलबाट संभावित १५ अंकमध्ये ४ अंक मात्रै जोडेको छ ।
चेल्सी अंक तालिकाको छैटौं स्थानमा झरेको छ । क्लबले लगातार खराब प्रदर्शन गर्न थालेपछि प्रशिक्षक फ्राङ्क लाम्पार्डमाथिको दबाब बढिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा गएराति क्रिष्टल प्यालेस र लेष्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।
यता कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित भएको छ । पूर्वनिर्धारित तालिका अनुसार गएराति हुनुपर्ने खेल खेलाडीमा कोरोना देखिएपछि स्थगित गरिएको छ । यही डिसेम्बर ५ मा सिटीका खेलाडी गाब्रियल जिसस र डिफेन्डर केली वाल्केरलाई कोरोना देखिएको थियो ।
जसका कारण अरु खेलाडीपनि ट्रेसिङमा परेकाले यो खेल स्थगित गरिएको हो । पछिल्लो पटकको परीक्षणमा सिटीका अन्य खेलाडी तथा पदाधिकारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
एभर्टनको घरेलु मैदानमा हुने खेल स्थगित गर्नका लागि सिटीले प्रिमियर लिगलाई आग्रह गरेको थियो । एजेन्सी
सत्यपाटी ।