सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घण्टामा ६५९ संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५७८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ पुगेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ ।

पछिल्लो २४ घण्टामा ७१८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १६:५३