सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री र चिनियाँ उपमन्त्री भेट

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

राष्ट्रपति भण्डारीसँग पनि शिष्टाचार भेट

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ये चौसहितको प्रमण्डलसँग गए राति भएको भेट वार्तामा प्रधानमन्त्री ओलीले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपमन्त्री कुओले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकामा खुशी व्यक्त गर्नुभएको थियो ।

उक्त प्रमण्डलले गए राती राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १६:५२