सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ टोली प्रचण्डसँगको वार्ताका लागि खुमलटारमा

काठमाडौं ।  नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले अहिले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिरहेकाे छ।

प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली उनको निवास खुलमटार पुगेको हो । उनीहरुबिच अहिले वार्ता भइरहेको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली सो खेमाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुग्ने छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १०:३८