सूचनाको शक्ति - The Power Of Information

        

कोरोना प्रभावितलाई दिने आर्थिक सहायता सम्बन्धी विधेयक ट्रम्पद्वारा अनुमोदन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी कानुन अनुमोदन गर्नु भएको छ । उक्त कानुनमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक सरकारबाट पाउने राहतबाट वञ्चित भएका थिए ।

चर्को दबावपछि राष्ट्रपति ट्रम्पले राहत कोषमा हस्ताक्षर गर्नु भएको बीबीसीले जनाएको छ । ट्रम्पले सहायता कोषमा हस्ताक्षर नगर्दा चर्को आलोचना भोग्नुपरेको थियो ।

कोरोना संक्रमणबाट प्रभावित भएकाहरुलाई आर्थिक सहायता दिने सम्बन्धी विधेयकमा लामो छलफल पछि संसदले अनुमोदन गरेको थियो । अमेरिकी संसदले ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो ।

कोरोनाका कारण अमेरिकामा लाखौले रोजगारी गुमाएका छन् । एजेन्सी

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार ०९:०८