सूचनाको शक्ति - The Power Of Information

        

राजसंस्था पुनर्स्थापना गर्न सिडियोलाई ज्ञापनपत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार ज्ञापन पत्र बुझाएको छ ।

संघीयता खारेजी गर्नुपर्ने, हिन्दुधर्म र राजसंस्था पुनःस्थापना गर्नुपर्ने लगायतका माग राखेर पार्टीले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

देशैभर आन्दोलनमा रहेको पार्टीले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

पार्टीले प्रमुख जिल्ला अधिकारि गोविन्दप्रसाद रिजाललाई २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १६:४९