काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण कम गर्दै लगेको छ ।
आइतबार ३ हजार ८ सय २८ वटामात्र परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा ४ सय ८१ जना संक्रमित फेला परेका छन् ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका २०८ हुन् ।
योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।
आइतबार ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ रहेको छ ।
थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संखया १८ सय २५ पुगेको छ ।
हाल ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
सत्यपाटी ।