सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन दुर्भाग्यपूर्ण : योगेश भट्टराई

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड–नेपाल समूहले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप लगाए ।

पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप पनि लगाए । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुकको पार्टीको लागिमात्र होइन् मुलुककै लागि अहितपूर्ण काम गरेको आरोप लगाए । ‘न अहिले पूर्व माओवादी छ न त अहिले नेकपा एमाले छ,’ उनले भने, ‘अहिले नेकपा मात्रै छ ।’ उनले केपी ओलीको कदमलाई इतिहासले मूल्यांकन गर्ने बताए ।

जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाए । उनले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गरे । उनले निर्वाचन आयोगले प्रचण्ड–नेपाल समुहलाई नै आधिकारिक नेकपा घोषणा गर्ने र सुर्य चिन्ह दिने बताए । संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको उनको आरोप छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १६:०७