चिनका धेरै शहरहरुको फोटोमा तपाईले धेरै हरियो देख्न पाउनुहुन्न । तर लिउझोउ फरेस्ट शहर एउटा यस्तो शहर हो जहाँ तपाई स्वच्छ हावा र प्रकृतिको अनुपम आनन्द उठाउन सक्नुहुन्छ । यो शहर विश्व कै पहिलो फरेस्ट सिटी हो । शहरमा करिब तीस हजार मानिसहरु बस्छन् । शहरका प्रत्येक भवन तथा घरहरुमा रुखहरु रोपिएको छ । र विरुवाहरुले घरलाई घेरेका छन् । करिब ४० हजार रुख र १० लाख विरुवाहरु रोपिएको छ । चिनको धेरै शहरहरुको फोटोमा तपाईले धेरै हरियो देख्न पाउनुहुन्न । तर लिउझोउ फरेस्ट शहर एउटा यस्तो शहर हो जहाँ तपाई स्वच्छ हावा र प्रकृतिको अनुपम आनन्द उठाउन सक्नुहुन्छ ।
यो शहर विश्व कै पहिलो फरेस्ट सिटी हो । शहरमा करिब तीस हजार मानिसहरु बस्छन् । शहरका प्रत्येक भवन तथा घरहरुमा रुखहरु रोपिएको छ । र विरुवाहरुले घरलाई घेरेका छन् । करिब ४० हजार रुख र १० लाख विरुवाहरु रोपिएको छ । यो जंगल शहरको अवधारणाले नयाँ २१ औं शताब्दिको शहरको रुपमा रहेको छ । जहाँ द्रुत गतीका रेल र सडकहरु छन् । र शहर प्राकृतिकरुपमा वातानुकुलित छ । र सबै घरधनीले सौर्य उर्जाको उपयोग गर्छन् । शहरी जंगलको अवधारणामा धेरै शहरहरु उत्साहित र आकर्षित भइरहेका छन् । चिनमा नै बोइरीको टिमले नान्झिगमा काम गरिरहेको छ । शहरका भवन तथा घरहरु नै जंगल बनाउने यो अवधारणाले शहरमा हुने आप्रवासनको समस्याबाट सिर्जना हुने विभिन्न समस्याहरुलाई कम गर्न सकिने कुरामा शहर व्यवस्थापनका विशेषज्ञहरुले बताइरहेका छन् ।
अहिले जनसंख्याको करिब ५० प्रतिशत भन्दा बढि मानिसहरु शहरमा बस्ने गर्दछन् । र यो संख्या प्रतिबर्ष २ प्रतिशतको दरले बढिरहेको छ । मैले यहाँ चिनको यो समाचार अध्ययन गर्दै गर्दा हाम्रा शहरहरुलाई हरिया बनाउन सकिन्छ कि सकिँदैन भन्ने सन्दर्भलाई निकै केलाए । हाम्रा शहरहरु अत्याधिक तापक्रमयुक्त भइरहेका छन् । दिन प्रतिदिन हाम्रा शहरहरुमा तापक्रम बढिरहेको छ । तापक्रममा भइरहेको वृद्धिदरलाई रोक्नका लागि शहरमा विरुवा तापक्रम सोस्ने खालका विरुवाहरु रोप्नै पर्छ । हामीले स्थानीय, प्रदेश र संघमा हाम्रा जनप्रतिनिधिहरु चुनिसकेका छौं । निर्वाचनताका हरित शहर बनाउने भाषणहरु खुबै सुनिए । मानिसहरुलाई बस्न अनुकुल बनाउन चीनको यो अवधारणालाई नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौं लगायत नेपालका धेरै शहरहरुका लागि अनुकरणीय हुन सक्ला ? यो प्रश्नको सकारात्मक जवाफको खोजीमा अब हामी लाग्नै पर्छ ।
बैशाख महिना नजिकिँदै छ, चैत्रको सुरुवातमा पालुवा पलाउनुपर्ने हाम्रा शहरमा कतै हरियाली छैन । जंगलहरुमा पुरानै पात झरिसके त कसैमा झरिरहेका छन् । रुखविरुवा हरियाली हुँदैछ । बसन्त ऋतुको आगमन भएको छ । तर हाम्रा शहर उजाड र मरुभूमी जस्ता देखिन्छन् । कलिला पालुवा पलाउँदै गरका समाचारहरु हेर्दा सबैलाई खुबै राम्रो लाग्छ । बसन्त ऋतुको बारेमा विश्वका विख्यात साहित्यकारले वर्णन गरेका छन् । यो ऋतु कस्तो भन्ने सबैलाई थाहा छ । तर हाम्रा शहरमा बसन्त ऋतुको आगमन भएको अनुभूति नै लाग्दैन । शहरमा चारैतिर कोलाहाल मच्चिएको छ । शहरभित्र भएका पार्कको चारैतिरबाट गाडीको ध्वनी । त्यहि ठाउँमा एम्बुलेन्सको आवाज अझ त्यति नभएर चार पाँच जना सदस्य भएको राजनितिक दलले भाषण गर्ने ठाउँ कसरी पार्क हुन सक्छ ? योभन्दा बढि हामीसँग शहरमा हरियाली छैन । हामीसँग भएका पार्क सबै रमाउने ठाँउ हुनै सक्दैनन् । कि त यौन पार्क घोषणा गर्नु पर्छ कि त कोलाहल पार्क नाम दिए उचित हुन्छ । यौन पार्क यो अर्थमा कि त्यहाँ यौन ब्यापार चल्छ ।
अरु ठाउँमा कार्यक्रम गर्दा मान्छे हुँदैनन् मान्छे भिडभाड हुने ठाउँमा चार सदस्य भएको राजनीतिक दलको नेताले मै हुँ भन्ने ठाउँलाई कसरी पार्क भन्न सकिन्छ । प्रकृतिसँग रमाउन पाउने अधिकार संबैको हुन्छ । यो अधिकार कसले खोस्यो यसको जवाफ त आ–आफैलाई होला । पार्कमा रमाउन निस्किएको मान्छे दिनभर शहरमा पार्क खोज्दै भौतारिनुपर्ने र साँझ घरमा पुग्दा घरका सदस्यले को आयो भनेर चिन्न सक्दैन । आफ्नै सदस्य भन्ने त नजिकै गएपछि मात्र थाहा हुन्छ । यो विकारल अवस्था कसरी आयो धुलोले मान्छे नै नचिन्ने । हो हामीसँग गर्मी र धुलो नियन्त्रणका कुनै योजनाहरु छैनन् । म पश्चिम नेपालको एउटा शहरको कुरा गर्छु, जहाँ अत्याधिक गर्मी, धुलो, धुँवा एकसाथ वायुमण्डलमा छाइरहेको हुन्छ, त्यो शहर हो नेपालगन्ज । हामीले नेपालगन्जलाई हरियो शहर बनाउन कुनै योजना बनाएका छैनौं । रुख रोप्नुस्, हरियाली बढ्छ, गर्मी कम हुन्छ, धुवाँ र धुलोबाट निस्किने कार्वनडाइअक्साइड रुखले सोस्छ ।
तर हामीले नेपालगन्जका सडकमा काँडेदार फूलहरु रोपिरहेका छौं । सडकका बीचमा फूल फुल्दा रंगीन शहर त बन्ला, तर हरियो शहर कदापि बन्न सक्दैन । हाम्रा जनप्रतिनिधिहरु फूल रोप्न र सेल्फी खिच्नका लागि हतारिएको देख्दा लाग्छ उहाँहरुसँग हरियो सोंच छैन । जनप्रतिनिधिहरुलाई केवल एउटा प्रश्न, जसको उत्तर दिए मात्रै पनि हाम्रा शहरहरु हरिया बन्नेछन् । प्रश्न, के शहर भनेकै घरैघर भएको कोलाहल मच्चिने ठाउँ वा पुरै गाडी गाडी भएको ठाउँ जहाँ पानी हुँदैन ? स्वच्छ हावा छैन ? बिहान घरबाट निस्कदा लगाएको एउटा कलरको कपडा साझा आउँदा अर्कै कलर हुन्छ के यसैलाई भन्छन् बडे शहर ? नेताले जहिले पनि जनतालाई राजनीतिक ब्यवस्थाका कुरामा भुलाए । अब ब्यवस्थाका कुरा पनि पुरा भए अब जनतालाई भुलाएर बस्ने ठाउँ छैन । मानिस स्वच्छ वातावरणमा बस्न चाहन्छ । हरियो रुखको शितलमा बसेर भलाकुसारी गर्न चाहन्छ । खेल्नको लागि खुला ठाउँको आवश्यक छ । ढुङ्गा गिटी वालुवामा रमाएर बस्न सक्दैन । मानिसलाई प्रकृतिसँग रमाउने वातवरण पनि सरकारले गर्नुपर्छ जनताले त्यसको संरक्षण गर्ने कर्तव्य भुल्नुहुँदैन ।
काशी दर्शन ।