काठमाडौं । प्रदेश १ सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार माघ ७ गते बुधबार दिउँसो २ बजेबाट सुरू हुने गरी बैठक आह्वान गर्न मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको छ।
यहि अधिवेशबाट नयाँ सरकार बन्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।
आजै प्रदेश सरकार एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका छन्। उनीहरुको राजीनामासँगै राई सरकार अल्पमतमा परेको छ।
सत्यपाटी ।