सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य संघसंगठनहरुले आज माइतीघरमा धर्ना दिँदै

काठमाडौं । आफ्ना माग पुरा नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

उनीहरु आज बिहान ११ बजेबाट माइतीघर मण्डलामा मौन धर्ना बस्न लागेका हुन् । आफूहरुले उठाएका विभिन्न १८ बुँदे माग पुरा नभएको भन्दै स्वास्थ्य जगतका पेशागत संघ संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसीयु, भेन्टिलेटरलगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टीन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन् ।

सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको संयुक्त संघर्ष समितिले जनाएको छ ।

स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले गत मंसिर ७ गते मन्त्रालयमा विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।

माग पुरा गर्न उनीहरुले दिएको २१ दिनको समयसिमा सकिएपछि आजबाट प्रदर्शन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ११:०८