सूचनाको शक्ति - The Power Of Information

        

जसपाको प्रदर्शन आज, रत्नपार्कको प्रदर्शनलाई बाबुरामले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेसँगै प्रतिपक्षी दलहरु विरोधमा उत्रेका छन् ।

जनता समाजवादी पार्टीले जसपाले आज देशभरका प्रमुख शहरहरुमा प्रदर्शन गर्दैछ ।

प्रदर्शनका क्रममा जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले रत्नपार्कस्थित शान्तिबाटिकामा सम्बोधन गर्ने बताइएको छ ।

सभामा महन्थ ठाकुर र अशोक राइले पनि सम्बोधन गर्ने जसपाले जनाएको छ ।

जसपाले यसअघि मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएर सरकारको कदमको विरोध गरेको थियो ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १०:१७