काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ ।
मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी भईरहेको स्रोतले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।
केन्द्रमा केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो ।
मुख्यमन्त्री राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै हिजो आङ्बोलाई हटाउनुभएको हो ।
आङ्बो गत शुक्रवार माइतीघरमा प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले अगुवाई गरेको विरोध कार्यक्रममा सहभागी हुनु भएका थियो ।
प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहमा हुनुहुन्छ भने भिम आचार्य र इन्द्रबहादुर आङ्बो प्रचण्ड–नेपाल समूहमा हुनुहुन्छ ।
सत्यपाटी ।