सूचनाको शक्ति - The Power Of Information

        

धोबीखोलामा मोटरसाइकल खस्दा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोलामा मोटर साइकल खस्दा एक युवकको मृत्यु भएको छ  ।

शनिबार राति करिब साढे ९ बजेतिर बा ३६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर धोबीखोलामा खसेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोटरसाइकल खोलामा खसेसँगै चालक २७ वर्षीय लोकनारायण श्रेष्ठ गम्भीर घाइते भएका थिए । सिन्धुलीको दुधौली नगरपालिका ५ घर भई काठमाडौं कपन बस्दै आएका श्रेष्ठको चाबहिलस्थित नेपाल भारत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ०९:११