सूचनाको शक्ति - The Power Of Information

        

हेर्नुहोस् तपाईको आजको राशिफल : मेषलाई समस्या, वृश्चिकलाई लाभ

२०७७ पुस १२ गते, आइतवार, २७ डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, त्रयोदशी तिथि । कृत्तिका नक्षत्र (१३ः५२ बजेउप्रान्त रोहिणी) । चन्द्रराशि–वृष

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्तिने बानीले केही समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला । धैर्य तथा मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई बेवास्ता गर्दा केही चुनौती आइलाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ । परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ । भौतिक वस्तु जुटाउन सकिनेछ । सामान्य विवादले अलमल्याउन सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चलअचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । केही विवादास्पद जिम्मेवारी आउन सक्छ । तर मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । तारिफयोग्य कामले समाजमा लोकप्रियता दिलाउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वार्थी प्रवृत्तिले विवादमा परिनेछ, सजग रहनुहोला । सम्भावना र अवसर खोजी गर्ने समय छ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने योजना थाल्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । आध्यात्मिक चेतनाले सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

द्वेष तथा ईर्ष्या गर्नेहरूले दुःख दिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ । अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगीहरूले साथ नदिए पनि नियमित काम सम्पादन हुनेछन् । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । गरिएका कर्मको छिटै प्रतिफल पाइनेछ । अलि हडबड गर्ने बानीले केही समस्या भने आइपर्न सक्छन् ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ०७:१९