सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नरैनापुरमा जल्यो ओली सरकार ! (फोटोफिचर)

बाँके । सरकारले संघीय संसद् विघटन गरेको सन्दर्भमा जनता समाजवादी पार्टीले नरैनापुरमा सरकारविरुद्ध पुत्ला दहन गरेको छ । जनता समाजवादी पार्टी नरैनापुर गाउँपालिकाका अध्यक्ष डिठ्ठाप्रसाद मौर्यको अध्यक्षतामा भएको विरोध कार्यक्रममा स्थानीयबासीले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

संघीय संसद खारेजको विषय गैरकानूनी रहेको भन्दै सरकार विरुद्ध पुत्ला दहन गरिएको मौर्यले बताए । पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षित समेत सहभागी रहेको विरोध कार्यक्रममा स्थानीयबासीले सरकारले गरेको असंवैधानिक निर्णय फिर्ता लिनुपर्ने माग अघि सरेको छ ।

‘सरकारले गरेको निर्णय फिर्ता लिनुपर्छ,’ सत्यपाटीसँग कुरा गर्दै अध्यक्ष मौर्यले भने, ‘हामी सरकारको कठपुतली होइनौं ।’ कुनै पनि ब्यक्ति विशेषको निर्णयको आधारमा सरकार विघटन गर्न नहुने केन्द्रिय सदस्य दीक्षितले तर्क गरे । स्थानीयबासी र नेताहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा सरकारले गरेको निर्णय फिर्ताको माँग अघि सारिएको हो ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार २१:४६