सूचनाको शक्ति - The Power Of Information

        

भारतीय नक्कली नोटसहित दुई पक्राउ

मोरङ । भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले मोरङको रंगेली नगरपालिका-८ दर्बैसास्थितबाट दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो।

शुक्रबार राति सवा ७ बजे भारतीय नक्कली नोटसहित केही व्यक्ति भारतबाट नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बिआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकललाई शंका गरी जाँच गरेको थियो।

जाँच गर्दा चालक भारतको बौका चोप्राहका ३० वर्षीय कुन्दन मण्डल र मोटरसाइकलमा सवार १८ वर्षीय शिवरन्जन सिंहबाट १७ हजार ७ सय रुपैयाँ नक्कली नोट फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ११:५८