सूचनाको शक्ति - The Power Of Information

        

साउथ अभिनेता अनिल नेदुमन्गडको पानीमा डुबेर मृत्यु

मुम्बई । साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ ।

४८ बर्षिया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो । समाचारका अनुसार अनिल साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । सोही क्रममा उनको डुबेर निधन भएको हो ।

पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

अभिनेता एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए । सोही क्रममा उनी साथीहरुसँग नुहाउन बाधमा पुगेका थिए ।  फिल्ममा अभिनेता जोजु जार्ज समेतको मुख्य भुमिका रहनेछ ।

अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।

‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ११:४३