काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४७ हजार नाघेको छ ।
भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३४३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार २७२ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।
भारतमा कुल संक्रमित एक करोड १ लाख ६९ हजार ११८ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ९७ लाख ४० हजार १०८ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २२ हजार २७४ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा २ लाख ८१ हजार ६६७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल १६ करोड ७१ लाख ५९ हजार २८९ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख ५३ हजार ५२७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
सत्यपाटी ।