सूचनाको शक्ति - The Power Of Information

        

चौबीस घण्टामा विश्वमा ६ लाख ५५ हजार संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ करोड ८१ लाख ९४ हजार ९४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६५४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण विश्वमा १७ लाख ३६ हजार ७५२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०९:४६