सूचनाको शक्ति - The Power Of Information

        

युगाण्डामा डुंगा दुर्घटना, कम्तिमा २६ जनाको मृत्यु

काठमाडौं । युगाण्डाको अल्बर्ट लामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ। युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको हो ।

तीव्र गतिमा चलेको हावाका कारण डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । दुर्घटनामा परेका कम्तिमा २१ जनालाई उद्धार गरिएको छ ।

कमजोर सुरक्षात्मक व्यवस्था तथा लगातार परिवर्तन भइरहने मौसमका कारण सो तालमा यस्ता खालका दुर्घटना हुने गरेका छन् । बुधबार युगाण्डाका दुई क्षेत्रमा ओहोरदोहोर गर्ने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०९:४४