सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम कस्तो रहन्छ आज?

काठमाडौं ।  पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण केही क्षेत्रमा मौसम बदली हुने देखिएको हो । अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा छ ।

शनिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

यस्तै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ।

यसैबिच चसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०९:२६