सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

दाङ  । लमहीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टी–ट्वेन्टी) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । उद्घाट खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्ने छ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।

बिहान उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, अतिथि, खेलाडी र खेल शुभचिन्तकहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् ।

समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सवुमनलेले १० हजार, उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०९:२०