सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको नयाँ ‘रुप’ फ्रान्समा पनि देखियो

काठमाडौं ।  विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ‘रुप’ फेर्दै गएको तथ्य सार्वजनिक हुन थालेका छन्।

यस अघि बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अब फ्रान्समा पनि फेला परेको छ।  केही दिनअघि बेलायतबाट फर्किएका व्यक्तिमा सो भाइरस फेला परेको  फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भाइरस चाँडो फैलने खालको खतरनाक भएको बताइएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार  १९ डिसेम्बरमा लण्डनबाट फर्किएका एक व्यक्तिमा नयाँ भाइरस फेला परेको छ। हाल उनी आइसोलेसनमा रहेको बताइएको छ।

खतरनाक खालको कोरोना भाइरसको नयाँ रुप फेला परेपछि कैयौं मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन्।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार ०९:०८