सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारको मुद्दा दर्ता गर्न जाँदा प्रहरी चौकीमै बलात्कार भएपछि…

फाइल तस्वीर

काठमाडौं । पाँच पुरुषद्वारा बलात्कारको शिकार बनेकी महिलालाई प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । पीडित महिलाका अनुसार आफूले बलात्कारमा परेको घटनाबारे गुनासो गर्न जाँदा उल्टै प्रहरी सव इन्सपेक्टरले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

यो घटना भारतको जलालाबाद प्रहरी चौकीको हो । ३५ वर्षीया एक महिलाले ३० नोभेम्बरमा उजुरीका लागि जाँदा उजुरी दर्ता गर्ने बाहनामा नजिकैको कोठामा लिएर आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । बरेलीका एडीजी अविनाश चन्द्रले महिलाको गुनासोप्रति छानबिन गर्न आदेश दिएइका छन् ।

एसपी सञ्जयकमाुरले आरोप गम्भीर भएकाले प्रहरीले संवेदशीलताका साथ छानबिन गरिरहेको बताएका छन् । पीडित महिला एकल हुन् । ३० नोभेम्बरमा पाँच जनाले आफूलाई जबरजस्ती कारभित्र खिचेको र खेतमा लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरेकी छन् । आफू तत्काल भागेर जलालबाद प्रहरी चौकी आए पनि त्यहाँ उजुरी दर्ता गर्ने बाहनामा सब–इन्सपेक्टरले पनि यौन शोषण गरेको उनको आरोप छ ।

स्थानीय प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरे पनि आफूले वरिष्ठ अधिकारीसँग गुनासो गरेको बताएकी छन् । एक प्रहरी अधिकारीले भने, ‘महिलाललाई कुनै घटनालाई निप्टाउनका लागि प्रयोग गरिएको छ । शाहजहाँपुरमा पहिले नै यौन उत्पीडनका चार घटना उनले दर्ता गराइसकेकी छन् । अहिलेसम्म उनले एक दर्जन बढी यौन उत्पीडनको गुनासो दर्ता गरेकी छन् ।’ प्रहरीले सबै कोणबाट प्रहरी र महिलामाथि नै अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १४:०६