सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल, सूर्य चिन्ह दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष जुलुससहित निर्वाचन आयोग पुगेको छ । शुक्रबार बिहान माइतीघरको धर्नापछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु जुलुसहित निर्वाचन आयोग पुगेका हुन् ।

नेकपाको विभाजनपछि आफूहरु आधिकारिक भएको दावी गर्दै प्रचण्ड–नेपाल समूहले २९० केन्द्रीय सदस्यको हस्ताक्षर बुधबार निर्वाचन आयोगको बुझाएको थियो । नेकपाको केन्द्रीय समितिमा ४४६ जना रहेकोमा बहालवाला ४४१ रहेको र त्यसको दुई तिहाइभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको सो समूहले निर्वाचन आयोगमा बुझाएको हो । उनीहरुले नेकपा नाम र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १२:२७