सूचनाको शक्ति - The Power Of Information

        

संसद् विघटन प्रकरण : सर्वोच्चमा पाँच सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सो विषयमा सुनुवाइ हुन लागेको हो ।

सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् । बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गरी सो विषयमा संवैधानिक प्रावधानको ब्याख्या गर्नुपर्ने भनी संवैधानिक इजलासमा पठाएका थिए ।

सोहि आदेशअनुसार इजलास गठन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १२:१६