सूचनाको शक्ति - The Power Of Information

        

संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह निस्क्यो सडकमा

काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडकमा निस्किएको छ ।

नेकपाका शीर्ष नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा पुगेका छन् ।

प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् । उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् ।

विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताइन् । उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।

निवर्तनमान मन्त्री शक्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वैधानिकताका विषयमा बहस गर्नै जरुरी नभएको बताए ।

उनले प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेकाले सडकमा आउनुपरेको बताए ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १०:३४