सूचनाको शक्ति - The Power Of Information

        

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् ।

क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो ।

जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षक रहेका थिए । टुचेलको बर्खास्तीसँगै पीएसजीको नयाँ प्रशिक्षक को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।

पीएसजीको प्रशिक्षक बन्ने दौडमा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् ।

अर्जेन्टिनी नागरिक पोचेटिनो पीएसजीको प्रशिक्षक बन्ने बलियो सम्भावना रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ०९:१८