सूचनाको शक्ति - The Power Of Information

        

क्रिश्चियन धर्मावलम्बीहरू आज क्रिसमस–डे मनाउँदै

काठमाडौं ।  विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन्। नेपालमा पनि क्रिसमस डे मनाउने गरिन्छ।

यो वर्ष विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण धेरै मुलुकहरुले क्रिसमस डे धुमधामका साथ नमनाउन निर्देशन र अपिल गरेका छन्।

येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास मानिन्छ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ०८:३९