सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति समक्ष आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन पेश गरेको बताउनुभयो ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ ।

९ हजार ३८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको हो भने ७८६ उजुरी सुझाव सहित तामेलीमा पठाइएको छ ।

राष्ट्रपति भण्डारीलाई बिहीबार बुझाइएको आयोगको ३० औं वार्षिक प्रतिवेदन अनुसार यो अवधिमा १ अर्ब ९ करोड ६२ लाख बिगो माग दाबी गरेर विशेष अदालतमा २०० मुद्दा दर्ता गरिएका छन ।

जसमध्ये गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ र एक करोड भन्दा बढी बिगो भएका मुद्दा २९ वटा छन ।

जसमध्ये १५३ वटा मुद्दामा एक लाख भन्दा कम बिगो माग दाबी गरिएका छन ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार २०:१०