काठमाडौं । सुनको मूल्य तोलामा सय रुपैयाँ बढेको छ ।
बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने एक सय रुपैयाँ बढेको हो ।
यसअधि आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९ सय रुपैयाँ बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ पुगेको थियो।
त्यसमा मंगलबार ३ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यही भाउमा बिहीबार एक सय रुपैयाँमात्र बढेको महासंघले जनाएको छ ।
यस्तै चाँदी भने तोलामा १५ रुपैयाँ बढेर तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सत्यपाटी ।