सूचनाको शक्ति - The Power Of Information

        

गायक भण्डारीको ‘ब्या गरन्या है कैले’ म्युजिक भिडियो बजारमा

बझाङ । गायक धनबहादुर भण्डारीको चौथो एल्वमको रुपमा आएको सांगीतिक कोसेली ‘ब्या गरन्या है कैले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनीक भएको छ । भण्डारीको आफ्नै शब्द रहेको गीतमा संगीत संयोजन आफैले गरेका छन् ।

गीत रेकर्डिङ, मिक्सीङ र मास्टरिङ कुसुम डिजिटल रेकडिङ स्टुडियो अत्तरियाका शेरबहादुर बोहराले गरेका छन् भने गीतमा गायक भण्डारी र गायिका करिष्मा रावलले स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन मनिस घर्ती मगरले गरेका छन् ।

पदम भट्टको छायांकन रहेको भिडियोमा सन्ध्या पौडेल, किरण डकर्मी र सञ्चारकर्मी विनोद रोकाया लगायतका कलाकारको अभिनय रहेको छ । सपनाको श्रृंगार रहेको भिडियो सुदूर धमाका अफसियिल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समय कलाकारहरुलाई कुनै पनि गीत संगीतहरु बजारमा ल्याउनुपूर्व निकै सोच्नुपर्ने आवश्यकता बनिसकेको छ । अहिले गीतलाई सफल बनाउन निकै संघर्ष गुर्नपर्ने भएकै कारण गायक भण्डारीले सुदूर धमाका युट्युब च्यानलमार्फत आफ्नो फरक प्रस्तुति ‘ब्या गरन्या है कैले’ बोलको गीत भर्खरै बजारमा ल्याएको बताए ।

विहे गर्ने महिना माघ नजिकिँदै गरेका कारणले पनि गीतको नामले धेरै श्रोता तथा दर्शकहरुलाई न्यानोपनको महसुस दिलाउन सक्ने भण्डारीको अपेक्षा छ । बझाङको केदारस्युँ गाउँपालिका–१ मा जन्मिएका भण्डारी सञ्चारकर्मीसमेत हुन् ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १०:५२