सूचनाको शक्ति - The Power Of Information

        

टी टेन लिगमा अनुबन्धित भए तीन नेपाली क्रिकेटर

काठमाडौं ।  तीन नेपाली क्रिकेटरले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने टी टेन लिग खेल्ने भएका छन् ।

बुधबार राति सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ल तीन भिन्न टिममा अनुबन्धित भएका हुन् ।

सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टी टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । सोमपालले गएको वर्ष ग्लोबल टि२० क्यानडा विनिपेग हक्सबाट खेलेका थिए ।

१६ वर्षीय कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबुधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबुधाबीबाट गतवर्ष पारस खड्काले खेलेका थिए ।

यस्तै करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार ०९:५०