सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बिहीबार बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जारी बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बिहीबारको बैठकले देशव्यापी विरोध प्रदर्शनबारे ठोस निर्णय लिने उनले बताएका छन् ।

बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार ०९:४६