काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि बस्दैछ । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक पुनः बस्न लागेको हो ।
मंगलबारदेखि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए ।
बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले धारणा राखेका थिए ।
केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
सत्यपाटी ।