प्रधानमन्त्री ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाइँदै
सत्यपाटी ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए ।
मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो । यता प्रधानमन्त्री ओलीले भने हिजै केन्द्रीय कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिसकेका छन् ।
सत्यपाटी ।