सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा अति संक्रमक नयाँ प्रकारको कोरोना भाइरस, बढ्यो त्रास

काठमाडौं । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ ।

बेलायतमा अहिलेको भन्दा अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको प्रजाति देखिएपछि विभिन्न युरोपेली देशले यात्रा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० भन्दा बढि देशले यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

यस्तै युरोपियन युनियनले साझा रणनीति तय गर्नका लागि बैठक गरेको छ । डेनमार्कमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।

नयाँ प्रजातिको कोरोना भाइरस अति संक्रामक देखिए पनि सो घातक रहेको भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको संख्या थपिँदै जाँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जोखिमको सम्भावनालाई सन्दर्भमा राख्न भनेको छ ।

डब्लुएचओका आपतकालीन सेवा प्रमुख माइक रायनले नयाँ प्रकारको भाइरस उत्पन्न हुनु महामारीको सामान्य प्रक्रिया रहेको बताएका छन् । उनले अवस्था नियन्त्रण भन्दा बाहिर नरहेको बताए ।

तर बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले नयाँ प्रजातिको कोरोना भाइरसको अवस्था नियन्त्रण बाहिर रहेको बताएका थिए ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ०९:५५