बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाले सोमवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ७० वर्ष भन्दामाथि उमेरका २ सय ४० जनालाई सम्मान गरिएको हो ।
हरेकलाई ७ सय ५० रुपैया मूल्य बराबरको न्यानो कपडा वितरण गरेर सम्मान गरिएको वडाका वडाअध्यक्ष जनक बहादुर थारुले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले २०७४ सालदेखि हरेक वर्ष जेयष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ । अत्याधिक जाडो हुन पुस महिनामा न्यानो कपडा पाउँदै निकै खुसी लागेको ज्येष्ठ नागरिकहरुले बताएका छन् ।


सत्यपाटी ।